Connect with us
Advertisement

सानो कक्षामा हुँदा विभिन्न प्रतियोगितामा भाग लिने मौकै नपाएकी कृतिका (बाल दिवस विशेष ११)

Published

on

आफूभित्र प्रतिभा छ । तर त्यसलाई प्रस्फुटन गर्न पाइएन भने कस्तो पीडा हुन्छ होला । यस्तै अनुभवलाई समेट्ने प्रतिभावान् विद्यार्थीमध्येकी एक हुन् कृतिका सुवेदी । सुवेदीले ८ कक्षामा अध्ययन गरुञ्जेलसम्म आफ्नो प्रतिभा अरुसामु प्रस्तुत गर्न नै पाइनन् । ‘आफूलाई भित्रै पीडा भएको महसुस हुन्थ्यो,’ उनले भनिन्, ‘तर, आफ्नो पीडा र इच्छा व्यक्त गर्न पनि सक्दिनथेँ । शायद त्यो मेरो गल्ती थियो ।’

सुन्दरहरैंचा नगरपालिका वडा नम्बर २ मा रहेको श्री मावि मृगौलियाबाट एसईई दिएकी उनले सबैका सामु आफ्नो प्रतिभा १ वर्षमात्रै देखाउन पाइन् । ८ कक्षासम्म आफ्नो प्रतिभा देखाउन नपाउँदा दुःखी भएकी उनले १० कक्षामा अध्ययनरत हुँदा पनि विभिन्न प्रतियोगितामा सहभागिता जनाइन् । त्र एसईईको तयारीमा लाग्नुपर्ने हुनाले सोचेजति कार्यक्रममा सहभागिता जनाउन भने पाइनन् ।

शिक्षक तोयानाथ रेग्मीको निर्देशनमा उनले आफ्नो प्रतिभालाई उजागर गर्दै गएकी छिन् । कविता र वक्तृत्वकलामा आफ्नो प्रतिभा देखाउने खूबी भएकी उनी भोजराज र नारायण सरको पनि प्रेरणा पाइरहन्छिन् । बालबालिकासँग सम्बन्धित विषयमा उनी कविता लेख्ने र आफ्नो भनाइ राख्ने गर्छिन् । बाल सञ्जालले आयोजना गरेको नगरस्तरीय वक्तृत्वकलामा दोस्रो स्थान पाउँदा उनले बालमैत्री नगर आजको आवश्यकता शीर्षकमा आफ्नो धारणा राखेकी थिइन् । जीवन विकास समाजले आयोजना गरेको हाजिरीजवाफमा उनी फाइनलसम्म पुगिन् ।

वक्तृत्वकला, हाजिरीजवाफ र कवितामा आफ्नो क्षमता प्रदर्शन गर्ने उनलाई वक्तृत्वकलामा शुरुमा भाग लिँदा डर लागेको थियो । ‘शुरुमा त म नर्भस भएँ, डर पनि लाग्यो’, उनले भनिन्, ‘बिस्तारै अरु प्रतियोगीको प्रस्तुति हेरेपछि डर हराउँदै गएको र अघि बढ्ने आँट पलाएको महसुस भयो ।’

छोरीले प्रतियोगितामा भाग लिएर जितेर आउँदा खुशी लाग्ने गरेको बाबु देवीप्रसाद सुवेदी बताउँछन् । धेरै जनाले नै कमर्स पढ्नु भन्नुभएको हुनाले आफू कमर्स पढ्ने योजनामा रहेको उनले सुनाइन् । बाल सञ्जालमा आबद्ध रहेकी उनको इच्छा भने शिक्षाशास्त्र संकायमा अध्ययन गर्ने रहेको छ ।

सम्बन्धित समाचार

क्वीज मास्टर क्रस्मा (बाल दिवस विशेष १०)

दौड र बुद्धिचालमा असामान्य प्रतिभा भएकी जेस्मिना (बाल दिवस विशेष ९)
मेकानिकल इञ्जिनियर बन्ने सपना बोकेका बाल चित्रकार अंकित (बाल दिवस विशेष ८)

अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा म्यान अफ द म्याच बनेका सुमन (बाल दिवस विशेष ७)

स्वरुप खतिवडा: शास्त्रीय गीत गाउन मन पराउने सुन्दरहरैंचा आइडल (बाल दिवस विशेष ६)

आफ्नै आवाजमा गजल रेकर्ड गरिसकेका आयुष (बाल दिवस विशेष ५)

उत्कृष्ट चित्रकार बन्ने सपना कोरोनाले खाइदियो (बाल दिवस विशेष ४)

ज्याब्लिङ थ्रोका अब्बल देवान (बाल दिवस विशेष ३)

जादुमयी स्वरका कारण अघि बढ्दै गरेका दियोग (बाल दिवस विशेष २)

मोडलिङ र नृत्यमा आफ्नो भविष्य देखेकी खुस्बु (बाल दिवस विशेष १)

 

Banner

मोरङमा ससुरा बुहारीमाथि दलियो कालो मोसो, ५ जना पक्राउ,एक महिला फरार

Published

on

मोरङमा ससुरा बुहारीमाथि दलियो कालो मोसो, ५ जना पक्राउ,एक महिला फरार

Continue Reading

Banner

बेंग्लुरु आईपीएलको प्लेअफमा, चेन्नेइ बाहिरियो

Published

on

लिग चरणको अन्तिम खेलमा चेन्नेइ सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंग्लुरु इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा प्रवेश गरेको छ ।

आफ्नै मैदानमा शनिबार राति भएको खेलमा बेंग्लुरुले चेन्नेइलाई २७ रनले पराजित गर्दै प्लेअफमा पुगेको हो ।

चेन्नेइ, दिल्ली र लखनउको पनि समान १४ अंक भए पनि नेटरनरेटमा तीन टिमलाई पछि पार्दै बेंग्लुरु चौथो स्थानमा रहन सफल भएको हो ।

२०१ रन बनाएर पराजित भएको भए पनि चेन्नेइ प्लेअफमा पुग्ने थियो । तर, २१९ रनको लक्ष्य पछ्याएको चेन्नेइले ७ विकेट गुमाउँदै १९१ रन मात्रै बनायो ।

चेन्नेइका रचिन्ल रवीन्द्रले ६१, रवीन्द्र जडेजाले ४२, अजिङ्क्या राहानेले ३३ र महेन्द्र सिंह धोनीले २५ रन बनाए ।

बेंग्लुरुका यश दयालले २, ग्लेन म्याक्सवेल, मोहम्मद सिराज, लोकी फर्गुसन र क्यामरन ग्रीनले एक/एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बेंग्लुरुले ५ विकेटको क्षतिमा २१८ रन बनाएको थियो । बेंग्लुरुका कप्तान फ्याफ डु प्लेसिसले ५४, विराट कोहलीले ४७, रजत पतिडरले ४१, क्यामरन ग्रीनले ३८, ग्लेन म्याक्सवेलले १६ र दिनेश कार्तिकले १४ रनको योगदान गरे ।

चेन्नइका शार्दुल ठाकुरले २, तुशार देशपाण्डे र मिचेल स्यान्टनरले एक/एक विकेट लिए ।

यसअघि आईपीएलको प्लेअफका चारवटै टोलीको टुंगो लागिसकेको छ ।

१९ अंकका साथ कोलकाता पहिलो स्थानमा छ । प्लेअफ पुगिसकेका राजस्थान रोयल्स र सनराईजर्स हैदराबाद दोस्रो र तेस्रोका लागि प्रतिस्पर्धामा छन् । यो पनि आजै टुंगो लाग्नेछ ।

आज दिउँसो पौने ४ बजे हैदराबादले पञ्जाबसँग खेल्नेछ भने राजस्थानले राति पौने ८ बजे कोलकत्तासँग खेल्नेछ ।

Continue Reading

Banner

आज – ०६ जेठ २०८१ आइतवार को राशिफल

Published

on

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अध्ययनअध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्ला । परिवारका सदस्यहरूसँग भेटघाट हुनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) यात्रामा मालसामान हराउन सक्छ । कार्य सम्पादनमा समस्या आउला । साँझमा पैसा खर्च हुने योग छ । चोटपटकको भय छ सचेत रहनुहोला ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ बन्धुबान्धवबाट सहयोग मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला । रमाइलो यात्राको योग रहेको छ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । माया प्रेममा धोका हुन सक्छ भने एकोहोरो माया प्रेमले सताउनेछ । आर्थिक कारोबारमा विवाद पनि आउला ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । रमणीय, सुखद् र धार्मिक यात्राको योग छ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ । भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ । जोशजाँगर बढ्नुका साथै समयले राम्रो साथ दिनेछ । आर्थिक लाभ हासिल हुन सक्ने देखिन्छ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज अधुरा र रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । घर परिवारका सदस्यहरूबाट सहयोग पाइनेछ । रमणीय र सुखद यात्राको योग पनि छ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ । कसैकसैका लागि सन्तान प्राप्ति र प्रसन्नता छाउनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा पनि सफलता मिल्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) विद्या र बुद्धिको विकास हुनेछ । पारिवारिक भेटघाटमा रमाइन्छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक